आज शुक्रबार, ए डिभिजन लिगमा ४ खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

आज शुक्रबार, ए डिभिजन लिगमा ४ खेल हुँदै

काठमाडौं, २६ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा आज ४ खेल हुँदैछन् । लिगको अन्तिम चरण अन्तर्गत आज चार खेल हुन लागेका हुन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल एन्फा कम्पेल्क्स र एक खेल च्यासल
मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लव र फ्रेण्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । एपीएफ र फ्रेण्ड्सबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव र हिमालयन शेर्पा क्लवबीच खेल हुनेछ । आर्मी र हिमालयनबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । यस्तै एन्फा कम्प्लेक्स एफसी खुमलटार र चर्च ब्वाइज युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ । खुमलटार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

यस्तै च्यासल मैदानमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लवबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);