ए डिभिजन लिगमा आज चार खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ए डिभिजन लिगमा आज चार खेल हुँदै

काठमाडौं, २१ जेठ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज ४ खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल तथा एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

खेलहरु दिउँसो ३ बजे र साँझ ६ बजे हुनेछन् । दिनको पहिलो खेल दिउँसो ३ बजेसंकटा क्लव र खुमलटार युथ क्लवबीच एन्फा कम्प्लेक्समा प्रतिष्पर्धा हुँदा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाबीचको खेल पनि दिउँसो तीन बजे नै शुरु हुनेछ भने तेस्रो खेल च्यासल मैदानमा मच्छिन्द्र र नेपाल पुलिसबीच दिउँसो ३ बजेबाट नै शुरु हुनेछ ।

यस्तै अन्तिम खेल साँझ ६ बजे दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लव र फ्रेण्ड्स क्लवबीच हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);