आज त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्दै

काठमाडौं, २३ जेठ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज ४ खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक च्यासल तथा एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

दशरथ रंगशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा चर्च ब्वाइज युनाइटेड र थ्रि स्टार क्लवबीच खेल हुनेछ भने साँझ ६ बजे रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लवले जावलाखेल युथ क्लवसँग प्रतिष्पर्धा गर्नेछ ।

त्यस्तै च्यासलमा दिउँसो ३ बजे हुने खेलमा एफसी खुमलटार र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);