ए डिभिजन लिगमा आज पनि तीन खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ए डिभिजन लिगमा आज पनि तीन खेल हुँदै

काठमाडौं, २१ फागुन । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज पनि ३ खेल हुँदैछन् । दुई खेल दशरथ रंगशालामा हुनेछन् भने एक खेल च्यासल रंगशालामा हुने बताइएको छ । दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लव र संकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

आर्मी र संकटाबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । दशरथ रंगशालामा हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । मछिन्द्र र जावलाखेलबीचको खेल
साँझ ५ः३० बजे शुरु हुनेछ । च्यासल मैदानमा हुने एक मात्र खेलमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । एनआरटी र सातदोबाटोबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ ।

लिग यसपटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);