ए डिभिजन लिगमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, २५ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज (बिहीवार) दुई खेल हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । एनआरटी र जावलाखेलबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । एनआरटी पहिलो जितको खोजिमा रहेको छ । पहिलो खेलमा एनआरटीलाई सातदोबाटो युथ क्लवले हराएको थियो ।

जावलाखेलले भने पहिलो खेलमा मछिन्द्र फुटबल क्लवलाई हराएको थियो । च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लव र मछिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । आर्मी र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । आर्मी पहिलो जितको योजनामा रहेको छ । आर्मीले पहिलो खेलमा संकटा क्लवसँग बराबरी खेलेको थियो । मछिन्द्र भने पहिलो अंकको खोजीमा रहेको छ । मछिन्द्रलाई पहिलो खेलमा जावलाखेलले हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);