ए डिभिजन लिगमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, २८ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज आईतवार दुई खेलहरु हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत आज एन्फा कम्प्लेक्स सातदोबाटो र एक खेल च्यासल मैदानमा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लव र मछिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । मनाङ र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ । एनआरटी र आर्मीबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);