२३औँ बुढासुब्बा गोल्डकपको उपाधि क्यामरुनी क्लब एभिनियरलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

२३औँ बुढासुब्बा गोल्डकपको उपाधि क्यामरुनी क्लब एभिनियरलाई

काठमाडौं । २३औँ बुढासुब्बा गोल्डकप फुटबलको उपाधि क्यामरुनी क्लब एभिनियर फुटबल क्लबले उचालेको छ ।

आज शनिवार सम्पन्न फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि चुमेको हो ।

पहिलो हाफ बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको ६५औं मिनेटमा सब्बा अलीले निर्णायक गोल गर्दै टोलीलाई जिताउन सफल भए ।

उपाधि विजेता एभिनियरले नगद १० लाख र उपविजेता काँकडभिट्टाले ५ लाख हात पारेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);