ए डिभिजन लिगमा आज थ्री स्टार क्लव र मच्छिन्द्र भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ए डिभिजन लिगमा आज थ्री स्टार क्लव र मच्छिन्द्र भिड्ने

a-division league

काठमाडौं, १३ वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । आजका दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लव र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

थ्री स्टार र मच्छिन्द्रबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ । रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लवबीच खेल हुनेछ । हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । त्यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लव र संकटा क्लवबीच खेल हुनेछ । सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);