शहीद स्मारक ए डिभिजन लिगः सातदोबाटोको विजयी शुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

शहीद स्मारक ए डिभिजन लिगः सातदोबाटोको विजयी शुरुवात

काठमाडौं, २२ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लव र संकटा क्लवले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार सम्पन्न खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुके । खेल बराबरीमा रोकिएसँगै दुवै टोलीले पहिलो खेलमा १–१ अंक बाँडेका छन् । त्यस्तै आज नै च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लवले जत हासिल गरेको छ । सातदोबटोले न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै जित हासिल गरेको हो । सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे । एनआरटीका निकोलस सङले एक गोल फर्काए ।

खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए । ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । जितसँगै सातदोबाटोले पहिलो खेलबाट ३ अंक जोडेको छ । अहिले दशरथ रंगशालामा मछिन्द्र र जावलाखेल क्लवबीच खेल भइरहेको छ । खेलको पहिलो हाफमा मछिन्द्र क्लवले १—० को अग्रता लिएको छ । खेलको २३ औं मिनेटमा देवेन्द्र तामाङले फ्रिकिमार्फत उत्कृष्ट गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);