इपिएल : आज भैरहवा र काठमाडौं तथा विराटनगर र पोखरा भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इपिएल : आज भैरहवा र काठमाडौं तथा विराटनगर र पोखरा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटमा शनिबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र काठमाडौं किङ्स इलेभनबीच प्रतिस्पर्धा हुनेछ । खेल विहान साढे ९ बजे हुनेछ । 

दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । भैरहवाले ३ खेलमा ४ अंक जोडेको छ । भैरहवा अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं पनि दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौ स्थानमा छ । विराटनगर पहिलो जित निकाल्न चाहन्छ । करण केसीको कप्तानीमा रहेको विराटनगरले ३ खेलमा जित निकाल्न सकेको छैन ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ । पोखरा ३ खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ । प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);