युरोपा लिग : आर्सनलद्वारा भिक्टोरिया स्पोर्ट्स पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

युरोपा लिग : आर्सनलद्वारा भिक्टोरिया स्पोर्ट्स पराजित

arsenal vs vicoria

एजेन्सी, ८ कात्तिक । युरोपा लिग फुटबलमा इंग्लिश क्लब आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा आर्सनलले पोर्चुगलको भिक्टोरिया स्पोर्ट्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा आर्सनलले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । आर्सनलको जितमा निकोलस पेपेले दुई गोल गरे । ग्राबियल मार्टिनेलीले एक गोल थपे । भिक्टोरियाका मार्कुस एडवार्ड र रुनो दुआर्टेले एक एक गोल गरे । आर्सनलको इमिरेट्स स्टेडियममा खेलको आठौं मिनेटमा मार्कुसले गोल गर्दै भिक्टोरियालाई अग्रता दिलाएका थिए । तर,३२ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । खेलको ३६ औं मिनेटमा रुनोले गोल गर्दै पुनः भिक्टोरियालाई २–१ को अग्रता दिलाए । त्यसपछि पेपेले २ गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए ।

जितसँगै समूह ’एफ’ को आर्सनलले शतप्रतिशत जितलाई कायम राखेको छ । शिर्ष स्थानको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । ३ खेलमा ३ हार व्यहोरेको भिक्टोरिया पुछारमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);