अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र म्यानमार भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र म्यानमार भिड्दै

football

एजेन्सी, ८ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीले म्यानमारको यू–२२ टोलीसंग प्रतिस्पर्धा गर्दैछ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली टोलीले कतारको दोहामा म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार राति ९ः१५ मा सुरु हुनेछ । साग टोलीमा रहेका मुख्य तीन खेलाडीबिना नेपाल म्यानमारविरुद्ध मैदान उत्रने छ । नेपालका किरण चेम्जोङ, रोहित चन्द र विमल घर्ति मगर कतार गएका छैनन् । तीनै खेलाडी विदेशी क्लब फुटबलमा व्यस्त छन् । नेपालमा हुने १३ औं साग आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);