नेपाल निलो र जापानी टिमबीच मैत्रीपूर्ण खेल आज | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

नेपाल निलो र जापानी टिमबीच मैत्रीपूर्ण खेल आज

nepal nilo vs japan

काठमाडौं, २७ मंसिर । नेपाली राष्ट्रिय फुटबलको निलो टोली र जापानी लिग जेएफएल यू–२३ बीच शुक्रबार मैत्रीपूर्ण खेल हुदैछ । दशरथ रंगशालामा नेपाली निलो र जेएफएल यू–२३ टिमबीचको खेल अपरान्ह ३ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपाली निलो टोलीमा राष्ट्रियदेखि उमेर समूहका खेलाडी सहभागी हुनेछन् ।जेएफएल यू –२३ टिममा जापानी फुटबल लिगका खेलाडी रहने छन् ।

जापानी टिम र नेपाल निलोबीच खेलका लागि एन्फाले भिआइपीतर्फ १ हजार र सामान्य प्यारापिटतर्फ ५ सयको टिकट मूल्य राखेको छ । यस्तै जापानी टोलीले ’ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दीसँग आइतबार खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);