साग पदक बिजेता खेलाडीलाई नगर परिक्रमा गराईदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

साग पदक बिजेता खेलाडीलाई नगर परिक्रमा गराईदै

sag padak bijeta

काठमाडौं, २७ मंसिर । राष्ट्रिय खेलकुद परिषद राखेपले १३ औं दक्षिण एशियाली खेलकुद सागमा पदक बिजेता नेपाली खेलाडीलाई नगर परिक्रमा गराइरहेको छ ।  बिहान ११ बजेबाट शुरु हुने भनिएको पदक विजेता खेलाडीको नगर परिक्रमा बर्षाका कारण ढिलो भएको थियो ।

खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राखेप सदस्य सचिब रमेश सिलवालले फूलमाला र अविर लगाएर नगर परिक्रमाको सुरुवात गरेका थिए ।

वर्षाका कारण नगर परिक्रमाको रुट समेत घटाईएको छ । नगर परिक्रमा कार्यकम त्रिपुरेश्वरस्थित राखेपको परिसरबाट सुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै पुनः त्रिपुरेश्वर आएर टुंगिने छ ।

यस अघि पदकधारी खेलाडीलाई काठमाडौं, भक्तपुर र ललितपुरमा विभिन्न स्थान हुँदै नगरको परिक्रमा गराउने कार्यक्रम तय भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);