प्याराग्लाईडिङका खेलाडीलाई जनही पाँच लाख नगदसहित सम्मान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्याराग्लाईडिङका खेलाडीलाई जनही पाँच लाख नगदसहित सम्मान

काठमाडौं, १८ भदौ । सरकारले एशीयाली खेलकुदमा रजत पदक बिजेता प्याराग्लाईडिङका खेलाडीहरुलाई पाँच लाख नगदसहित सम्मान गरेको छ ।

सरकारले इन्डोनेशियाको जाकार्तामा आयोजित एशीयाली खेलकुद अन्तरगत प्याराग्लाईडिङमा रजत पदक बिजेता नेपाली टोलीका कप्तान बिमल अधिकारी, युकेश गुरुङ, सुशील गुरुङ, विजय गौतम र विशाल थापालाई जनही ५ लाख नगदसहित सम्मान गरिएको हो ।

त्यसक्रममा रजत पदक बिजेता खेडालीहरुलाई राष्ट्रिय खेलकुद परिषदको आह्वानमा सोमबार काठमाडौंमा नगर परिक्रम समेत गरिएको थियो । त्यसपछि राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले रजत पदक बिजेता खेलाडीहरुलाई ५ लाख नगदसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले नेपाली खेलाडीहरुलाई उचित वातावरण बनाउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालको खेलकुद क्षेत्रको विकासमा आवश्यक पहल कदमी लिन पनि सबैलाई आह्वान गरे । त्यस अवसरमा मन्त्री विश्वकर्माले प्याराग्लाईडिङ खेलको विकासका लागि राज्यले लगानी बढाउने घोषणा गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);