इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा भइरहेकोे एशियाली खेलकुदको महामेला सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा भइरहेकोे एशियाली खेलकुदको महामेला सम्पन्न

game

एजेन्सी, १८ भदौ । इण्डोनेसियाको जकार्ता र पालेङवाङमा भइरहेकोे एशियाली खेलकुदको महामेला सम्पन्न भएको छ ।

चीनको हाङझाउ सहरमा पुनः भेट्ने बाचा गर्दै १८ औं एसियन खेलकुद प्रतियोगिता (एसियाड) भव्य कार्यक्रम गरी सम्पन्न भएको छ । इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा भदौ २ गतेदेखि सुरु भएको प्रतियोगिताले एशियाली क्षेत्र खेलकुदमय बनेको थियो । एशियाका सबै मुलुकबाट गरी ४९ खेलमा करिव १० हजारको संख्यामा खेलाडीहरु इण्डोनेसियामा भेला भएका थिय ।

नेपालबाट पनि २९ खेलमा १८७ खेलाडीको सहभागिता थियो । सहभागी ४५ मुलुकमध्ये ३७ मुलुकले पदक जित्न सके भने आठ मुलुक रित्तो हात फर्कनुपरेको छ । प्याराग्लाइडिङमा रजत पदक जितेपछि नेपाल भने पदकबिहीन हुनबाट जोगिएको छ । पछिल्लो ११ संस्करणदेखि पदकतालिकामा शीर्ष स्थानमा रहँदै आएको चीन एशियाली खेलकुदमो सबैधन्दा धेरै पदक जित्न सफल भयको छ ।चीनले इण्डोनेसियामा १३२ स्वर्ण, ९२ रजत र ६५ काश्य गरी २८९ पदक जित्न सफल भयको छ ।

जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ काश्य गरी २०५ पदक जिती दोस्रो भएको छ । भने दक्षिण कोरिया र इण्डोनेसिया क्रमसः तेस्रो र चौथो भयका छन् । एक रजत जित्न सफल नेपाल समग्र पदकतालिकाको ३३औं स्थानमा छ । नेपालसँगै ताजिकिस्तान, लाओस र तुर्क्मिनिस्तानले पनि स्वर्ण जित्न सकेनन् ।

उनीहरु रजतमै सीमित भएका हुन् । एशियाली खेलकुदमा सहभागि भएका मध्ये पाकिस्तान, अफगानिस्तान, म्यानमार र सिरिया यी चार मुलुकले काश्य पदकमात्र जित्न सफल भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);