१८ औं एशियाली खेलकुदको तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

१८ औं एशियाली खेलकुदको तयारी अन्तिम चरणमा

इण्डोनेसियामा अगस्ट १८ देखि आयोजना हुने १८ औं एशियाली खेलकुदका लागि सरकारले विद्यालय बन्दको घोषणा गरेको छ ।

इण्डोनेसियाली सरकारले राजधानी जाकार्तामा रहेका ७० वटा विद्यालयमा १५ दिन विदा दिने निर्णय गरेको हो । प्रतियोगिताको समयमा ट्राफिक समस्या बढी हुने भएकाले ३१ हजार विद्यार्थीलाई घरमै बसेर कोर्स पूरा गर्न भनिएको छ।

जाकार्ता एजुकेशन एजेन्सी जेईएका कार्यकारी प्रमुख बोबो रियानाटाले विद्यालय बन्द गर्ने फैसलाले विद्यार्थीको भविष्यमा कुनै असर नपर्ने दावी गरेका छन् । राजधानी जकार्तामा बढ्दो सवारी चापका कारण खेलाडीहरुलाई समयमै पुग्न अप्ठेरो पर्ने भएकाले विद्यालय बन्द गरिएको र यसले ३० देखि ४० प्रतिशत ट्राफिक समस्या कम हुने अपेक्षा गरिएको छ ।

ताजा समाचार