आजदेखि ६ दिन विद्यालय बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

आजदेखि ६ दिन विद्यालय बन्द हुने

काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आजदेखि ६ दिन बन्द हुने भएका छन् । शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट विद्यालयहरुलाई बिदा भएको हो । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् । सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन् । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ । यस्तै, सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । वैशाख ३१ गते शनिबार परेको छ । १ गते आइतबार र २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । त्यसकारण देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);