चुनावका बेला ४ दिन विद्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, ४ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवधीमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

आयोगको सिफारिस अनुसार मंसिर १० र २१ गते हुने पहिलो र दोस्रो चरणका निर्वाचनमा निर्वाचन क्षेत्रमा रहेका विद्यालय ४ दिन बन्द गरिने भएको हो।

पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ गते देखि बिदा हुनेछ भने दोस्रो चरणको चुनावी क्षेत्रमा १८ गतेबाट बिदा हुनेछ । विद्यालयमै मतदान कार्यक्रम गरिने भएपछि पठनपाठनमा असर पुग्ने भएकाले बिदा गरिने भएको हो।

निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभएकाले विद्यालय र शिक्षकलाई प्रयोग गर्नु परेको प्रमुख निर्वाचन आयोगले जानकारी दिएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);