मंसिर १० र २१ गते सार्वजनिक बिदा दिन आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मंसिर १० र २१ गते सार्वजनिक बिदा दिन आयोगको आग्रह

nirbachan aayog

काठमाडौँ, १ मंसिर । निर्वाचन आयोगले मंंसिर १० र २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ । मंसिर १० मा ३२ जिल्लामा पहिलो चरणको निर्वाचन हुँदै छ । यसै गरी मंसिर २१ मा ४५ जिल्लामा दोस्रो चरणको निर्वाचन हुँदै छ ।

आयोगको आज बसेको बैठकले उक्त दुई दिन सार्वजनिक बिदा दिन गृह मन्त्रालयलाई पत्र पठाएको छ । मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकाश कर्मचारीहरू निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक विदा दिन आयोगले आग्रह गरेको हो ।

विद्यालय तथा क्यापसमा चार दिन विदा दिन माग
यसैगरी, आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसहरूमा सार्वजनिक विदा दिन समेत सरकारसँग आग्रह गरेको छ ।

निर्वाचनमा अधिकांश मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेका र मतदान कार्यको व्यवस्थापन कार्यका लागि खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू मतदान हुने दिनभन्दा तीन दिन अगाडि नै मतदान केन्द्रमा पुग्ने भएकाले विद्यालय तथा क्यापसहरूमा दुबै चरणको निर्वाचनमा चार चार दिन विदा दिन आयोगले सरकारसँग आग्रह गरेको हो ।

 पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मंसिर १८ देखि २१ गतेसम्म  भवन तथा कार्यालयहरु निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउन आयोगले सरकारसँग आग्रह गरेको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);