बाम गठबन्धन देश र जनताको पक्षमा : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बाम गठबन्धन देश र जनताको पक्षमा : प्रचण्ड

काठमाडौं, १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाम गठबन्धन देश र जनताको पक्षमा रहेको दावी गरेका छन् ।

अध्यक्ष दाहालले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकासलाई सुनिश्चित गराउन एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति भएको स्पष्ट पारे । उनले बामपन्थी गठबन्धनबाट जनता उत्साही भएको बताए।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बामपन्थी गठबन्धनको पक्षमा सबै देशभक्त लोकतन्त्रवादीहरु रहेको बताए ।

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउन आफूले सबै कम्युनिष्ट शक्तिहरुलाई एकतावद्ध बनाएर कम्युनिष्ट केन्द्र निर्माण गर्न चाहेको जिकिर गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);