ओली र प्रचण्डले भने, 'देश बनाउन दुई पार्टीबीच चुनावी तालमेल' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

ओली र प्रचण्डले भने, ‘देश बनाउन दुई पार्टीबीच चुनावी तालमेल’

prachanda-and-kp-oli

काठमाडौं, २ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश बनाउन दुई पार्टीबीच चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति भएको बताएका छन् ।

ओली र दाहालले शनिवार झापाको विर्तामोडमा आयोजित स्वास्थ्य महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै बाम गठबन्धन कसैको रहर र लहर नभई देश बनाउने संकल्पका साथ भएको खुलासा गरे ।

एमाले अध्यक्ष ओलीेले बाम गठबन्धन मुलुकको आवश्यकता भएको उल्लेख गर्दै त्यसबाट नअत्तालिन काँग्रेसलाई आग्रह गरे ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपालको भाग्य र भविष्य निर्माणका लागि बाम गठबन्धन बनाउनु परेको दावी गरे । उनले आगामी सरकार कम्युनिष्टहरुको बन्ने र त्यसले सबै नागरिकको भावना र पीडालाई बुझेर काम बताए ।

६ दिनसम्म सञ्चालन हुने स्वास्थ्य महोत्सवमा अध्यक्षद्वय ओली र दाहालले सामान्य स्वास्थ्य परिक्षण गरेका थिए । महोत्सवबाट करिब १० हजार सर्वसाधारणले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);