ओली र प्रचण्डले आज साँझ विशेष संयुक्त पत्रकार सम्मेलन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज संयुक्त रुपमा बिशेष पत्रकार सम्मेलन आयोजना गर्दै छन्। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा अध्यक्षद्वय ओली र दाहाललाई एक साथ राखेर बिशेष पत्रकार सम्मेलन आयोजना गरेको हो।

‘एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक साथ राखेर आज पत्रकार सम्मेलन आयोजना गर्ने तय भएको छ, प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले यस्को संयोजन गरेको छ,’ एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता पोलिटब्युरो सदस्य बिष्णु रिमालले बताए।

प्रवक्ता रिमालका अनुसार अध्यक्षद्वय ओली र दाहालले हालसम्मको चुनावी प्रचार, सरकारबाट भइरहेको आचारसंहिता बिपरितका कामलगायत पार्टी एकता र चुनावी तालमेलबारे सञ्चार क्षेत्रमार्फत जानकारी गराउने छन्।

सम्मेलन रोयल ब्यांकेट तीनकुनेमा साँझ पौने ६ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रेस चौतारी नेपालले जनाएको छ। अहिले बाम गठबन्धका दुई शिर्ष नेताहरु संयुक्त चुनावी अभियानका शिलसिलामा गोरखा पुगेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);