मत बदर हुन नदिन कांग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्ने | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

काठमाडौं, २९ काठमाडौं । नेपाली काँग्रेसले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा मत बदर हुन नदिनेगरी आम मतदातालाई प्रशिक्षित गर्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएको छ।

नेपाली काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले निर्वाचनमा पार्टीलाई दिएको मत बदर नहुने गरी घरदैलोमा पुगेर आम मतदातालाई प्रशिक्षित गर्न पार्टीका नेता कार्यकतालाई पुनः सचेत गराएका छन् ।

बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मत वदर भएरै निर्वाचनमा हार व्यहोर्नु परेको यथार्थलाई आत्मासाथ गरेर अघि बढनुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसले ७ वटै प्रदेशमा मतदाता प्रशिक्षण कार्यक्रम नै संचालन गरिरहेको छ । बुधबार प्रदेश नम्बर ३ मा मतदान प्रशिक्षण कार्यक्रम सुरु गरेको काँग्रेसले ७ दिन भित्र सात वटै प्रदेशमा मतदान प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसक्ने योजना पनि बनाएको छ ।

संयोजक खाँडले लोकतान्त्रिक गठबन्धनमा आवद्ध अन्य दलका उम्मेदवारहरुलाई विजयी गराउन पनि इमान्दार भएर लागिपर्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);