लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा.भट्टराई र राणा विजयी हुने कांग्रेसको दावी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा.भट्टराई र राणा विजयी हुने कांग्रेसको दावी

काठमाडौं, २७ कात्तिक । नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय डा. बाबुराम भट्टराई र पशुपतिशमशेर राणा विजयी हुने दावी गरेको छ ।

नेपाली काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिले लोकतान्त्रिक गठबन्धनबाट उम्मदवार बनेका भएका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष राणा प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी हुने दावी गरेको हो ।

काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट भट्टराई प्रतिनिधि सभा सदस्यका लागि गोर्खा क्षेत्र नम्बर १ बाट र राणा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । दुवै उम्मेदवार विजयी हुने काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दावी गरे ।

ेसोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी खाँडले आगामी मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचन प्रचार अभियानमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गरिएको बताए । नेपाली काँग्रेसले पहिलो चरणमा प्रतिनिधि सभाका लागि ३५ जना र प्रदेश सभाका लागि ६६ जना उम्मेदवारी दिएको छ ।

नेपाली काँग्रेसले मतदान बदर हुन नदिन सचेत रहन पनि आम मतदातालाई आह्वान गरेको छ । संयोजक खाँडले लोकतन्त्रलाई बलियो बनाउन मतपत्र बदर हुन नदिन पार्टीले आम मतदातालाई सचेत रहन आग्रह गरेको स्पष्ट पारे । काँग्रेसले मतदान बदर हुन नदिन देशभर मतदाता प्रशिक्षण कार्यक्रम पनि संचालन गरिरहेको उनले बताए ।

नेपाली काँग्रेसले निर्वाचनमा पार्टीको पक्षमा जनमत सृजना गर्न उत्साहका साथ लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई सचेत पनि गराउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);