अरुण तेस्रो र माथिल्लो कर्णालीमा लगानी जुटाउन ६ महिना थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अरुण तेस्रो र माथिल्लो कर्णालीमा लगानी जुटाउन ६ महिना थप

काठमाडौं, २७ कात्तिक । सरकारले अरुण तेस्रो जलविद्युत आयोजना र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउन ६ महिनाको समय थप गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको सोमबारको बैठकले २ ठूला जलविद्युत आयोजनाको लगानी जुटाउन ६ महिना समय थप गर्ने निर्णय गरेको हो ।

व्यवहारिक पक्षलाई समेत ध्यानमा राखेर दुवै आयोजनाको लगानी जुटाउन ६ महिनाको समय थप गर्ने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

९ सय मेघावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना र ९ सय मेघावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउने जिम्मा सरकारले भारतीय कम्पनीलाई दिएको थियो ।

लगानी बोर्डले काठमाडौं उपत्यका भित्र मेट्रो रेल निर्माणका लागि आवश्यक पूर्वाधारको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगको पूर्वाधार विभागलाई निर्देशन पनि दिएको छ ।

काठमाडौं उपत्यका भित्र मेट्रो रेल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न विभागलाई निर्देशन दिने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

बोर्डले काठमाडौं उपत्यका भित्र मेट्रो रेल निर्माणसम्बन्धि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने जिम्मेवारी राष्ट्रिय योजना आयोगको पूर्वाधार विभागलाई दिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);