कुनै पार्टीलाई समर्थन नगरेको नेता बिजुक्छेको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भक्तपुर, २७ कार्तिक। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ नेता नारायणमान बिजुक्छेले आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई नेमकिपाले कुनै पनि सहयोग एवम् समर्थन नगरेको बताएका छन्।

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेमकिपाले सशक्त रुपमा आफ्नै उम्मेदवार उठाएपछि अन्य पार्टीले अतालिएर यस्तो हल्ला मच्चाएको बताएका छन्। उनले त्यस्तो अर्थहिन हल्लाको पछि नलाग्न मतदातालाई आग्रह गरे।

बिजुक्छेले कांग्रेस र राप्रपा जस्ता गैरलोकतन्त्रवादीहरु मिलेर लोकतान्त्रिक गठबन्धन र माओवादी र एमाले जस्ता गैरवामपन्थीहरु मिलेर वामपन्थी गठबन्धन बनाएको आरोप समेत लगाएका छन्। देखावटी एकीकरणले देश जनताको हक अधिकार सुनिश्चित नहुने बताउँदै आफ्नै उम्मेदवार उनको दाबी छ।

भक्तपुरमा नेमकिपाले कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई सहयोग गर्छ भनेर हल्ला चलाउनुको प्रमुख कारण कांग्रेसले ठगी गर्न खोजेको समेत दाबी गरेका छन्। उनले भक्तपुरमा कांग्रेस उम्मेदवार दमननाथ ढुङ्गानालाई बिजुक्छे र नेमकिपाको समर्थन छ भनेर कांग्रेसले र अन्य जिल्लामा वाम गठबन्धनको नाममा एमालेलाई नेमकिपाले समर्थन गर्छ भनेर चलाएको हल्ला गलत भएको प्रष्टाएका छन्।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले भारतीय विस्तारवाद, साम्राज्यवाद, एकाधिकार पूँजीवाद विरुद्ध नेमकिपाको उम्मेदवार भएको बताएका छन्। उनले अन्य दलका उम्मेदवार पैसाको बलले उठेको समेत दाबी गरेका छन्।

कार्यक्रममा भक्तपुर क्षेत्र नं.२ का प्रतिनिधिसभा उम्मेदवार अनुराधा थापामगरले सरकारले राज्यको ढुकुटीको दुरुपयोग गरेर चुनावको मुखमा गरिबको नाममा १८ करोड रुपैयाँ बाडेर आचार संहिता उल्लंघन गरेको बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);