निर्वाचन आयोगको धज्जी उडाउँदै भोट माग्दै उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

बाजुरा, २७ कार्तिक। बाजुराका राजनीतिक दलले निर्वाचन आचार–संहिता उल्लंघन गरेका छन ।

बाजुरामा मंसिर १० गते हुने प्रदेश र प्र्रतिनिधिसभा निर्वाचनका लागि भदौ १४ गतेदेखि नै निर्वाचन आचार–संहिता लागू भए पनि नेपाली कांग्रेस, राप्रपासहितका दलले आचार–संहिताको बेवास्ता गरेका हुन् । सदरमुकाम मार्तडी र अन्य बजार क्षेत्रमा नेपाली कांग्रेस र राप्रपाले जथाभावी पोस्टर तथा पम्प्लेट टाँसेका छन् ।

आचार–संहितामा उल्लेख भएअनुसार निर्वाचन प्रचार–प्रसारका क्रममा सार्वजनिक क्षेत्र र निजी घरमा समेत पोस्टर र पम्प्लेट टाँस्न पाइँदैन । जिल्ला निर्वाचन कार्यालयले भने आचार–संहिता पूर्ण कार्यान्वयनका लागि दलहरुलाई पटक–पटक आग्रह गरिएको जनाएको छ ।

अटेर गर्नेलाई कानुनअनुसार कारबाही हुने बाजुराका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताएका छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);