भक्तपुर नगरपालिकामा निर्वाचनकाे मुख्य एजेन्डा एमसीसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भक्तपुर नगरपालिकामा निर्वाचनकाे मुख्य एजेन्डा एमसीसी

bhaktapur sadak

भक्तपुर । स्थानीय तहको निर्वाचनसँंगै देशैभरि विकास निर्माणको ठूल्ठूला मुद्दा उम्मेदवारहरूले उठाइरहेका बेला भक्तपुरमा भने फरक अमेरिकी सहयाेग परियाेजना एमसीसीले प्राथमिकता पाएकाे छ ।

एमसीसी पास गर्ने दलहरूलाई होइन, विरोधीलाई अमूल्य मत दिनुपर्छ भन्दै मत माग्ने गरिएकाे छ । विशेष गरेर नेमकिपाबाट भक्तपुर नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका सुनिल प्रजापतिले एमसीसीलाई मुख्य एजेन्डा बनाएका छन् ।

स्थानीय विकास निर्माणका साथसाथै देशको सार्वभौमिकतालाई जोगाउनु प्रमुख भएको भन्दै उनले आफ्नो पार्टीको नीतिअनुसार एमसीसीलाई चुनावी एजेन्डा बनाएर मत मागिरहेका छन् ।

नेमकिपाकाे घोषणापत्रमा एमसीसीलाई नै मुख्य मुद्दा बनाइएको छ । घोषणापत्रको पहिलो नम्वरमा लेखिएको छ,
‘अमेरिकी साम्राज्यवादको दबाबमा संसदबाट एमसीसी पारित गरिएपछि देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउने संघर्षमा जनता दुई खेमामा विभाजित छन्- एमसीसीका समर्थक प्रतिगामी दलहरू र एमसीसी विरोधी देशभक्त एव‌ प्रगतिशील पक्षहरू ।’

स्वतन्त्रबाट सोही नगरपालिकामा मेयर पदका प्रत्यासी अधिवक्ता सत्यराम त्वायनाको मुख्य एजेन्डा भने खानेपानी रहेको छ । भक्तपुर नगरपालिकाभित्र खानेपानीको समस्या रहेको भन्दै उनले आफूलाई जनताले पत्याएर निर्वाचित गराए दुई महिनाभित्र खानेपानीको समस्या समाधान गरिदिने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेससहितको गठबन्धनले मुख्य एजेन्डा नगरपालिकाभित्रको सर्वसत्तावादी गर्दै आएको निषेध तोड्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउँंदै आएका छन् । नेमकिपाको बहुमत रहेको कारण विपक्षी राजनीतिक दलहरूलाई नेमकिपाले निषेधको राजनीति गर्दै आएको उनको भनाइ छ । एमालेबाट मेयर पदमा प्रत्यासी रवीन्द्र लाछिमस्यू फासिवाद सोचविरुद्ध आफ्नो उम्मेदवारी भएको बताउँदै मत मागिरहेका छन् ।

नगरपालिका क्षेत्रमा मुख्य प्रतिस्पर्धीकै रूपमा नेमकिपा, गठबन्धन र एमाले गरी यी तीनवटा मुख्य हुन् । २०७४ को स्थानीय चुनावमा झन्डै २० हजार मतान्तरले नेमकिपाका प्रजापति नै मेयरमा विजयी भएका थिए । यसपटक पनि उक्त पार्टीबाट मेयरको उम्मेदवारमा प्रजापति र उपमेयरमा रजनी जोशी दोहोरिएरका छन् ।

नेमकिपाको गढ मानिने भक्तपुर मेयरमा सानाठूला दल र स्वतन्त्र गरी १४ जना मेयरका प्रत्यासी छन् । उपमेयरतर्फ नाैजना उम्मेदवार छन् ।

लामो समयदेखि भक्तपुर नगरपालिकाको नेतृत्व लिँदै आएको नेककिपाले यसपटक पनि आफूलाई बलियो साबित गर्न नेपाली कांग्रेससहितको गठबन्धन, एमालेलगायत अन्य आठ दल र पाँच स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छ ।

एक लाख ८४ हजार तीन सय ७१ जना मतदाता संख्या रहेको भक्तपुरमा दलहरू आ–आफ्नै तवरले मतदाता रिझाउन लागिपरेका छन् । पार्टीको प्रतिष्ठा जोगाउन र नेमकिपाको गढ तोड्न सत्तारुढ गठबन्धनसहितका अन्य दलहरू चुनावी दौडमा छन् । तर लामो समयदेखि एकछत्र जित्दै आएको नेमकिपालाई हराउन अन्य पार्टीको सानोतिनो कसरत नपुग्ने निश्चित छ ।

यसअघि नेमकिपासँग भिडेको कांग्रेसका रामप्रसाद कासुलाले नै ६ हजार मत ल्याएका थिए । उनी अहिले पनि कांग्रेससहितको गठबन्धनबाट उम्मेदबार बनेका छन् । त्यसलाई हेर्दा पनि भक्तपुरमा नेमकिपाको गढ तोड्न अन्य पार्टीलाई सहज छैन ।

भक्तपुर नगरपालिकामा कुन पार्टीबाट को-को उम्मेदवार ?
मेयरतर्फ 
अनिल लवजू– स्वतन्त्र
कृष्णराम प्रजापति– मौलिक जरोकिलो पार्टी
गोपालदास बनेपाली– नेपाः राष्ट्रिय पार्टी
तुल्सीभक्त सुवाल– माओवादी केन्द्र
नीलनारायण कोजू– स्वतन्त्र
बलराम प्रजापति– स्वतन्त्र
रवीन्द्र लाछिमस्यू– एमाले
रमजाराम ढुकुछू– जनता समाजवादी पार्टी
रामप्रसाद कासुला– नेपाली कांग्रेस
रामभक्त किजू– राष्ट्रिय जनमोर्चा
रामसुन्दर धुसू– स्वतन्त्र
बद्री लाखाजू– राष्ट्रिय प्रजातन्त्र पार्टी
सत्यराम त्वायना– स्वतन्त्र
सुनील प्रजापति– नेमकिपा

उपमेयरतर्फ 
अमिता बाहजु (गोसाईं)– राष्ट्रिय जनमोर्चा
इन्द्रमाया सुवाल– माओवादी केन्द्र
ओमचरण अमात्य– एकीकृत समाजवादी
कमला दुवाल – जनता समाजवादी पार्टी
मीरा दुगुजू– स्वतन्त्र
रजनी जोशी– नेमकिपा
रञ्जना खर्बुजा– एमाले
लक्ष्मी छुस्याबाग– राष्ट्रि प्रजातन्त्र पार्टी
सुस्ना कोजु– मौलिक जरोकिलो पार्टी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);