बुकुखोला जलविद्युत आयोजनाका लागि लगानी जुटाईदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०७९, आइतबार

बुकुखोला जलविद्युत आयोजनाका लागि लगानी जुटाईदै

म्याग्दी । ओखलढुङ्गामा निर्माण हुने लागेको ६ मेगावाट क्षमताको बुकुखोला जलविद्युत आयोजनाको लागि म्याग्दीमा लगानी जुटाउन लागिएको छ । एपोलो हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाका संचालक समेत रहेका म्याग्दीका उद्यमी प्रमोद श्रेष्ठको नेतृत्वमा आयोजनाका लागि संस्थापक शियर रुपमा लगानी जुटाउन लागिएको हो ।

ओखलढुङ्गाको खिजीडेम्वा गाउँपालिकाको वडानम्वर ७ रहेको बुकुखोलामा ६ मेगावाटको बुकुखोला जलविद्युत आयोजना निर्माण हुन लागेको छ । ‘‘दुईबर्षभित्र विद्युत उत्पादन गर्ने लक्षसहित आगामी मंसिरदेखि विद्युतको पुर्वाधार निर्माण कार्य सुरु हुनेछ’’, श्रेष्ठले भने – ‘१ अर्व १० करोडको लगानीमा उक्त सम्पन्न हुने योजनामा ७० प्रतिशत सिभिल बैंकको र लगानीकर्ताको ३० प्रतिशत हुने छ ।

विद्युत उत्पादन अनुमति प्राप्त गरेको आयोजनाले ‘सडक पहुँच पु¥याउने र जग्गा ब्यवस्थापनको काम अघि बढेको छ । आगामी बर्षको मंसिर पुषदेखि काम सुरु गर्ने लक्षसहित आयोजनाको संरचना निर्माणको काम सुरु गर्न ठेकेदार छनोट प्रक्रिया अघि बढाउने तयारी गरेको समेतश्रेष्ठले जानकारी दिए ।

‘दुइकिलोमिटर पाईपबाट पानी लिएर २७२ मिटर उचाईबाट पानी झारेर विद्युत उत्पादन गरिने छ । आयोनजनाबाट उत्पादन भएको विद्युत गरज्याङ सवस्टेशनमा जेडिनेछ ।’ यस संस्थाको अध्यक्ष ऐन्जटेन्जी शेर्पा रहेका छन् । यस संस्थाका संचालक सदस्यहरुको नेतृत्वमा अन्य जलविद्युत आयोजना निर्माण सम्पन्न भैसकेको छ । यस आयोजनामा शेयर लगानी गर्ने इच्छुक ब्यक्तिहरुले यही असार मसान्तभित्र पहिलो किस्ता जम्मा गरिसक्नुपर्ने सञ्चालक श्रेष्ठले बताए ।

Leave a Reply