निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाको लागि ३ सय ५० करोड ऋण लगानी सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाको लागि ३ सय ५० करोड ऋण लगानी सम्झौता

कास्की, १५ कार्तिक । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाको लागि ३ सय ५० करोड ऋण लगानीको सम्झौता भएको छ ।

भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा प्रर्वद्धित उक्त आयोजनामा ३ वित्तीय संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानीको सम्झौता भएको शनिबार जानकारी दिइएको हो एनएमबी बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने छन् ।

आयोजनाका लागि एनएमबि बैँकमार्फत २ सय २० करोड, कर्मचारी सञ्चय कोषमार्फत ८० करोड र कृषि विकास बैंक .मार्फत ५० करोड गरि जम्मा ३५० करोड ऋण लगानी हुने सम्झौता भएको बताइएको छ ।

पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको सेती नदी जलविद्युत आयोजनाको सिभिल तर्फको काम १० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका लागि बैंकहरुको तर्फवाट कुल लागत ५ सय करोडको ७० प्रतिशत ऋण लगानी हुनेछ ।

त्यस्तै काठमाडौं, पोखरा, चितवन, तनहुँ , बुटवलवासी र माछापुच्छ्रे गाँउपलिकाका स्थानीयहरु समेत शेयरधनी भई प्रवद्र्धकहरुको तर्फवाट ३० प्रतिशत १ सय ५० करोड रकम लगानी हुने सम्झौतामा उल्लेख छ ।

आयोजनाले विद्युत उत्पादनपछि आइपिओ मार्फत स्थानीय र सर्वसाधारणको लागि शेयर जारी गरिने छ । विगत ९ महिनादेखि निर्माणको काम भैरहेको आयोजना आगामी १८ देखि २० महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);