रसुवामा आठ मेगावाटको जलविद्युत आयोजना बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

रसुवामा आठ मेगावाटको जलविद्युत आयोजना बन्दै

रसुवा । रसुवामा आठ मेगावाटको त्रिशूली खोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गोसाइकुण्ड गाउँपालिकामा आठ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको हो । हाइड्रो कन्सर्न प्रालिले सदरमुकाम धुन्चेस्थित मिनी गोसाइँकुण्डमा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

आयोजनाको संरचना त्रिशूली नदीको बायाँतर्फ रहने छ । निकुञ्जको कोर क्षेत्रभित्र आयोजना निर्माण सकिने तर ५० प्रतिशत पानी छोड्नुपर्ने प्रावधान छ । यही प्रावधानअनुसार आयोजना निर्माण गर्न लागिएको कन्सर्नका प्रमुख हेमजंग गुरुङले बताए । निर्माण सुरु भएको ३० महिनामा उत्पादन सुरु हुने गरी काम गरिने उनले बताए । 

२०७५ भदौमा अध्ययनको अनुमति पाएको संस्थाले प्रारम्भिक अध्ययनको काम सम्पन्न गरेको जनाएको छ । प्रतिवेदनअनुसार प्रतिमेगावाट उत्पादन लागत १८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताए । 

लाङटाङ राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा आयोजना निर्माण हुने बताइएको छ । आयोजनाको अस्थायी तथा स्थायी संरचना निर्माणका लागि ४.१ हेक्टर जग्गा आवशयक पर्ने उनले बताए । जसमध्ये १.५ हेक्टर स्थायी र २.६ हेक्टर अस्थायी रूपमा प्रयोग हुने छ । प्रस्तावित आयोजनाका अनुसार वार्षिक ४७.३५८ गिगावट विद्युत् उत्पादन हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);