सेयर बजार १७ अंकले ओरालो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सेयर बजार १७ अंकले ओरालो

काठमाडौं । सेयर बजार मंगलबार १७ अंकले ओरालो लागेको छ ।  सोमबार नेप्सेको सफ्टवेयरमा समस्या आएको भन्दै बन्द भएको बजार मंगलबार १७.१५ अंकले घटेर २६५० अंकमा बन्द भएको  हो । नेप्सेमा मंगलबार तीन अर्ब ३६ करोड ४२ लाख कारोबार भएको छ ।

सोमबार बजार सफ्टवेयर मा समस्या देखिँदा शून्य दशमलव १५ अंकले घटेको थियो । आइतबार १०१ अंकले बढेर हरियाली छाएको बजारमा सोमबारको बजारमा केही करेकसन् देखिएको हो । 

मंगलबारको बजारमा लाईफ इन्स्योरेन्स, नन् लाईफ इन्स्योरेन्स , होटल सेक्टरमा का सेयरधनीले नाफा कमाउदै म्यानुफक्चर र माइक्रो फाइनान्सका सेयरधनीले गुमाएका छन् ।  

मंगलबार इमर्जिङ नेपाल कम्पनीको सेयर सर्किट मूल्यमा बढेको थियो भने नेपाल टेलिकमका सेयरधनीले ५.१३ प्रतिशत गुमाएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकम अपि पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कारोबार भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);