नेपाली काँग्रेस मात्रै मुलुकको राष्ट्रवादी शक्ति : खाँड | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

नेपाली काँग्रेस मात्रै मुलुकको राष्ट्रवादी शक्ति : खाँड

काठमाडौं, २२ कात्तिक ।  कांग्रेस नेता बालकृष्ण खाँडले नेपाली काँग्रेस मात्रै मुलुकको राष्ट्रवादी शक्ति भएको दावी गरेका छन् । काँग्रेस चुनाव प्रचार-प्रसार समन्वय समितिले बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँडले यस्तो बताएका हुन् ।

नेता खाँडलाई काँग्रेसले देशभरको निर्वाचन प्रचार प्रसार समन्वय समितिको संयोजकको जिम्मेवारी दिएको छ । काँग्रेसले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न आम मतदातालाई आह्वान गरेको छ ।

समितिका संयोजक काँग्रेस नेता बालकृष्ण खाँडले विदेशमा रहेका सबैलाई सोही ठाउँबाटै मतदान गर्ने व्यवस्था मिलाउने पार्टीको चाहना प्रविधिको अभावमा कारण पूरा हुन नसकेको बताए ।

उनले नेपालले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा अधिकतम मतदातालाई सहभागी गराएर विश्वमै ऐतिहासिक रेकर्ड राख्नुपर्ने मान्यता पार्टीको रहेको उल्लेख गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);