वाम गठबन्धन सत्ता प्राप्तीको खेल रहेको नेता मैनालीको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौँ, २२ कार्तिक । नेकपा मालेका महासचिव सिपी मैनालीले वाम गठबन्धनलाई वाह्यशक्तिले बनाएको उपज र सत्ताप्राप्तिको खेल मात्र रहेको बताएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव मैनालीले वाम गठबन्धन सत्ता प्राप्तीको चलखेल मात्र भएको र यस्तो तालमेल धेरै नटिक्ने बताएका हुन्। उनले गठबन्धनले मुलुकको हित नगर्ने समेत दाबी गरेका छन्। र त्यसैको प्रतिकारमा आफुले गठबन्धन गरेको बताएका छन्।

सोही कार्यक्रममा नयाँ शक्ति नेपालबाट किसुन राउत, नेपाल तरुण दल पर्सा जिल्ला सदस्य जितेन्द्रकुमार सिंह, राजपा पर्सा जिल्ला सल्लाहकार सत्यनारायण रौनियार, लोकतान्त्रिक फोरम केन्द्रीय सदस्य दीपककुमार लगायतका नेता कार्यकर्ताहरु मालेमा प्रवेश गरेका छन् ।

राजपा नेपालका पर्सा क्षेत्र नम्बर ४ तथा जिल्ला उपाध्यक्ष सन्तोष साहले राजपा आफन्त र पैसामा बिकेको आरोप लगाउँदै प्रगतिशील गठबन्धनमा प्रवेश गरेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);