सप्तरीमा बागीको बिगबिगी, दाजुविरुद्ध आफ्नै भाइ चुनावी प्रतिस्पर्धामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राजविराज, १९ कार्तिक । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा राजपा फोरम गठबन्धन र नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनमा वागी उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन्।

मुख्य निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि उनीविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन्। वाम गठबन्धनका तर्फबाट सोही क्षेत्रमा पूर्वमन्त्री उमेश यादवले उम्मेदवारी दिएकोमा उनीविरुद्ध मोओवादीकै मजदुर नेता केदार देव प्रतिस्पर्धामा उत्रिएका छन्।

यस्तै एमालेले वाम गठबन्धनबाट स्थायी कमिटी सदस्य एवं २ नं प्रदेश इन्चार्ज सत्यनारायण मण्डललाई क्षेत्र नं १ को ९क० बाट प्रदेशसभाको उम्मेदवार बनाए पनि उनीविरुद्ध एमालेकै जिल्ला कमिटी सदस्य प्रकाश खतिवडाले वागी उम्मेदवारी दिएका हुन्। खतिवडा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका निर्वतमान अध्यक्षसमेत रहेका छन्।

त्यस्तै राजपाबाट माओवादीमा प्रवेश गर्नुभएका शशि यादवलाई क्षेत्र नं ४ को (ख) बाट प्रदेशसभाका लागि उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादीका क्षेत्रीय सचिव बालेश्वर यादवले वागी उम्मेदवारी दिएका छन् । राजपाका महासचिव मनिष सुमन पनि आफ्नो गृहजिल्ला सप्तरी २ नं क्षेत्रको प्रदेशसभा (ख) बाट उम्मेदवार बनेपछि उनीविरुद्ध पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवले वागी उम्मेदवार बनेका छन्। सुमनविरुद्ध संघीय समाजवादी फोरम नेपालका नेता भीमराज यादवले पनि उम्मेदवारी दिएका छन्।

यादव यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदमा राजपाका शम्भु यादवसँग पराजित भएका थिए। त्यसैगरी राजपा र फोरम गठबन्धनबाट उम्मेदवार बनेका राजपाका केन्द्रीय उपाध्यक्ष नवकिशोर साहविरुद्ध पनि वागी उम्मेदवारी परेको छ। क्षेत्र नं १ को प्रदेशसभा (ख) बाट उम्मेदवारी दिनुभएका राजपाका केन्द्रीय उपाध्यक्ष साहविरुद्ध संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव शम्भु झा उम्मेदबार बनेको उक्त कार्यालयले जनाएको छ।

यस्तै मधेशी दलको गठबन्धनबाटै क्षेत्र नं ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका राजपाका नेता मृगेन्द्रसिंह यादवविरुद्ध उनकै आफ्नै भाइ फोरमका सप्तरी इन्चार्ज अनिरुद्ध सिंह यादवले उम्मेदवारी दर्ता गराएका छन्। अगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरीका चार प्रदेशमध्य प्रतिनिधिसभा तर्फ ५९ जना र प्रदेशसभाका आठ वटा क्षेत्रतर्फ १०९ जनाले उम्मेदवारी दिएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);