आन्तरिक मूल्यांकनमा दलहरू: चार दलले यस्तो निकाले हिसाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १७ मंसिर । एमाले–नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेस तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दुवैले संघीय नेपालको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् । चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साथै राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धन निर्वाचन प्रचारको समयावधि सकिनै लाग्दा आ–आफ्नै जोडघटाउ र दाबीमा रहेका हुन्।

केन्द्रीय सरकारसँगै प्रदेश सरकार पनि आफ्नै नेतृत्वमा रहने दाबी लोकतान्त्रिक एवं वाम गठबन्धन दुवैले गरेका छन् । मधेसवादी गठबन्धनले भने केन्द्रीय सरकार निर्माणमा महवपूर्ण भूमिका रहने र प्रदेश २ मा आफ्नै नेतृत्वमा प्रदेश सरकार बनाउने दाबी गरेको छ।

– कांग्रेस नेता गोपालमान श्रेष्ठले लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभातर्फको १ सय ६५ सिट र प्रदेशसभातर्फको ३ सय २० सिटमा ५५ प्रतिशत सिटसहित स्पष्ट बहुमत ल्याउने र आफ्नै नेतृत्वमा केन्द्रीय सरकारसहित सातवटै प्रदेशमा प्रदेश सरकार गठन गर्ने दाबी गरे।

– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने – केपी ओलीजी र म बसेर पहिलो चरण निर्वाचन भएका ३२ जिल्लाको समीक्षा गर्दा दुई तिहाइ बढी सिट जित्ने आँकलन भएको छ, दोस्रो चरणमा पनि यो क्रम जारी रहने विश्लेषण छ। एमाले महासचिव ईश्वर पोखरेलले प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय २० सिटमा वाम गठबन्धनले ८० देखि ८५ प्रतिशत सिट जित्ने दाबी गरे।  दुई तिहाइभन्दा बढी सिट संख्या जितेर केन्द्रीय सरकारका साथै सातवटै प्रदेशमा वाम गठबन्धनको प्रदेश सरकार पनि गठन गर्ने उनले बताए। – राजधानी दैनिकबाट

फोरम नेपालका महासचिव रामसहाय यादवले प्रदेश २ मा दुई तिहाइभन्दा बढी सिट जितेर प्रदेश सरकार गठन गर्ने निश्चित भएको बताए।

राजपा नेपालका महासचिव अजय गुप्ताले मधेसवादी गठबन्धनले प्रतिनिधिसभातर्फ ५० भन्दा बढी सिट जित्ने दाबी गरेका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);