सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार

काठमाडौं, २६ मंसिर । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार गठन हुने भएको छ ।

नेपाली कांग्रेस निकै कमजोर हुँदा दुई नम्बर वाहेकका प्रदेशमा नेपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको सरकार गठन हुने भएको हो । दुई नम्बर प्रदेशमा भने राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालको सरकार गठन हुने भएको छ । वाम गठबन्धनले प्रदेशसभातर्फ प्रदेश नम्बर १ मा ४६ सिट जितेको छ । नेपाली कांग्रेस ७ सिटमा सीमित भएको छ । प्रदेश नम्बर २ मा वाम गठबन्धन र नेपाली कांग्रेस बढारिएका छन् ।

६२ मध्ये ३५ सिटमा संघीय समाजवादी फोरम र राजपा नेपालका उम्मेदवार विजयी भएका छन् । कांग्रेस ८ सिटमा सीमित भएको भने एमालेले १५ सिटमा जित हात पारेको छ । नेकपा एमालेले ३ नम्बर प्रदेशमा दुई तिहाइभन्दा एक कम अर्थात ४३ सिट जितेको छ । प्रदेश नम्बर ४ मा पनि वाम गठबन्धनले दुई तिहाइ सिट जितेको छ । ३६ सिट रहेको यो प्रदेशमा एमालेले १७ तथा माओवादी केन्द्रले १० सिट जितेका छन् भने कांग्रेसले ५ सिटमा चित्त बुझाएको छ । प्रदेश नम्बर ५ का ५२ सिटमा नेपाली कांग्रेस ७ सिटमा समेटिएको छ । प्रदेश नम्बर ६ मा नेपाली कांग्रेस शिला खोज्नुपर्ने अवस्थामा पुगेको छ । मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रतिनिधिसभाको टिकट छोडेर प्रदेशसभाको टिकट लिएका जीवनबहादुर शाहीले कांग्रेसको बीउ जोगाएका छन् । प्रदेश नम्बर ७ मा पनि वाम गठबन्धनले दुई तिहाइ वहुमतको सरकार बनाउने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);