बाम गठबन्धनले बहुमत ल्याए मुलुकमा निर्वाचन नै हुन दिँदैनन् : खाँड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाम गठबन्धनले बहुमत ल्याए मुलुकमा निर्वाचन नै हुन दिँदैनन् : खाँड

काठमाडैं, ६ मंसिर । नेपाली काँग्रेसले बाम गठबन्धनले बहुमत ल्याए मुलुकमा निर्वाचन हुनै नदिने आरोप लगाएको छ । नेपाली काँग्रेसका नेता एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुनै नदिने गरी कम्युनिष्टहरुको सरकार बने ५० वर्षसम्म शासन गर्ने अभिव्यक्ति दिएको तर्क गरे ।

उनले पाँच वर्षका लागि हुने आवधिक निर्वाचनका बेला ५० वर्षसम्म शासन गर्ने कुरा गर्नुलाई आफ्नो पार्टीले गम्भिर रुपमा लिएको प्रतिक्रिया दिए । बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकमा कम्युनिष्टले ५० वर्षसम्म शासन चलाउने ओली र दाहालले अभिव्यक्ति दिँदै आएका छन् ।

बुधबार पार्टी निकट बुद्धिजीविहरुमाझ काँग्रेस नेता खाँडले ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिएर कम्युनिष्टहरुले मुलुकमा निर्वाचन नै हुन नदिने षडयन्त्र गरिरहेको पुष्टि भएको दाबी गरे । उनले मुलुकको सबैभन्दा बढि राष्ट्रवादी शक्ति पनि आफ्नै पार्टी भएको दोहोर्याए ।

काँग्रेस नेता खाँडले कानुन विपरित भएकाले सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग गरिएको ठेक्का सम्झौता रद्द गर्नु परेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);