काठमाण्डौँ, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका उम्मेदवारका प्रतिस्पर्धीले धेरै भोट ल्याउनु राम्रो नहुने बताएका छन् ।
मंगलबार वाम गठबन्धनले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा उम्मेदवार बन्ने अधिकार सबैलाई भए पनि बिपक्षीहरुले धेरै भोट ल्याउनु उचित नहुने बताएका हुन् । उनले भारी मतान्तरले वाम गठबन्धनका उम्मेदवार विजयी हुने दाबी समेत गरे ।
लोकतन्त्रको बिषयमा कांग्रेसको चिन्ता नाजायज भएको बताउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई वाम गठबन्धनले ग्यारेण्टी गर्ने दाबी समेत गरे । सभामा बोल्दै उनले कांग्रेसका कारण भारतसँगको सम्बन्ध बिग्रिएको आरोप समेत लगाए ।




