गायक पाख्रिनको पार्थिव शरीरमा ओली र प्रचण्डले कम्युनिष्टको झण्डा ओढाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गायक पाख्रिनको पार्थिव शरीरमा ओली र प्रचण्डले कम्युनिष्टको झण्डा ओढाए

चितवन, ६ मंसिर । जनवादी गायक खुशीराम पाख्रिनको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओलीले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनको पार्थिव शरीरलाई आज माओवादी पार्टीे कार्यालय चितवनमा राखेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको हो । स्व. पाख्रिनको पार्थिव शरीरमा नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

भरतपुरमा वाम गठबन्धनले मंगलबार आयोजना गरेको प्रकाश दाहालको शोक सभामा गीत गाउँदा गाउँदै उनी अचेत भई ढलेका थिए । गीत गाउँदा गाउँदै हृदयाघातका कारण मञ्चमै ढलेका पाख्रिनको उपचारका क्रममा निधन भएको थियो ।

पाख्रिनको जन्म विसं २००९ साल कात्तिक ९ गते गोर्खाको खरिबोटमा भएको थियो । उनका एक श्रीमती, एक छोरा र दुई छोरी छन् । उनका अर्का एक छोरा अमर पाख्रिन सशस्त्र द्वन्द्वका क्रममा २०६१ चैत ३ गते लम्जुङमा मारिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);