एमाले नेता चौलागाईँको पशुपति आर्यघाटमा अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमाले नेता चौलागाईँको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । नेकपा एमालेका नेता पशुपति चौलागाईँको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

बागमती प्रदेश सभा सदस्य समेत रहेका एमाले केन्द्रीय सदस्य चौलगाईँको कोरोना संक्रमणका कारण मंगलबार राति निधन भएको हो ।

बुधबार बिहान नेता चौलागाईँको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यस्तै पार्टी नेता अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सञ्चारमन्त्री गुरुङले नेता चौलागाईँको निधन प्रति गहिरो दु:ख व्यक्त गरेका छन् । गुरुङले दोलखाली जनताले आफ्नो प्यारो नेता गुमाएको तथा नेपालको कम्युनिष्ट आन्दोलन र आफूहरुले भद्र, शालीन, बौद्धिक अभिभावक गुमाउनु परेको बताए ।

पशुपति आर्यघाटमा गरिएको अन्त्येष्टिमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’, एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, एमाले बागमती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

नेता चौलागाईँ दोलखा ‘ख’ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी दोस्रो संविधान सभामा संविधान सभा सदस्य थिए । चौलागाईं २०५६ सालमा प्रतिनिधि सभा सदस्य समेत थिए ।

पार्टी भित्र र बाहिर भद्र, शालीन र बौद्धिक व्यक्तित्वको रुपमा परिचित चौलागाईँ युवा संघ नेपालका पूर्वअध्यक्ष समेत थिए । स्वर्गीय नेता चौलागाईँका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);