नेपाल-खनाललाई गाली गरी एमाले विभाजन गर्न खोजियोः भुसाल | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

नेपाल-खनाललाई गाली गरी एमाले विभाजन गर्न खोजियोः भुसाल

काठमाडौं । नेकपा एमाले माधव कुमार नेपाल पक्षका नेता घनश्याम भुसालले पार्टीका नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर नेकपा एमाले विभाजन गर्न खोजिएको आरोप लगाएका छन् ।

नेता भुसालले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आरोप लगाएका हुन् । भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गाली गरी नेकपा विभाजनको पाप ढाक्न प्रयास गरे जसरी नेताद्धय खनाल र नेपाललाई गाली गरी एमाले विभाजन गर्न खोजिएका आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ‘हिजो प्रचण्डलाई गारी गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजिन गरिँदैछ । ’

भुसालले अनुसार अहिले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गरी आफूहरुसँग बदला लिने प्रयास भईरहेका बताएका छन् । उनका अनुसार नेपालमा संविधान जारी भएर र प्रतिनिधिसभा पुनर्स्थापित भएर असफल भएका शक्तिहरुले चुनावका नाममा फेरि प्रतिनिधि सभा विघटन गर्न लागेका छन् ।

भुसालले लेखेका छन्–‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।’

विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेको बताउँदै आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हुने बताएका छन् ।

‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’

उनले विद्रोहले क्रान्तिलाई योगदान गर्छ भन्ने प्रष्ट नभए पनि आत्मसमर्पण नगर्ने उनले चेतावनी पनि दिएका छन् । आत्मसमर्पणलाई भुसालले क्रान्तिप्रतिको गद्दारी भनेका छन् । ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ’, भुसालले लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);