छोराको पार्थीव शरीरमा प्रचण्डले दिए दागबत्ती | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

छोराको पार्थीव शरीरमा प्रचण्डले दिए दागबत्ती

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोरा प्रकाशको पार्थीव शरीरमा दागबत्ती दिएका छन् । पशुपति आर्यघाटमा अहिले प्रकाशको अन्तिम संस्कार भइरहेको छ ।

‘आकस्मिक हृदयघात’बाट आज बिहान निधन भएका प्रकाश दाहालको शवलाई श्रद्धाञ्जली दिनका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको थियो । श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि उनलाई पशुपति आर्यघाट पुराइएको थियो ।

प्रकाशको जन्म २०३८ सालमा चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा भएको हो । उनको बाल्यकाल त्यहीँ बितेको थियो । उनी अध्यक्ष प्रचण्डका स्वकीय सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत थिए ।

पशुपति आर्यघाटमा अहिले विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता सहित हजारौं सर्वसाधारणको उपस्थिति रहेको छ । प्रकाश दाहालको पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);