बाबुराम र प्रचण्ड पेरिसडाँडामा भेट भएसँगै अंकमाल गरेर रोए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, ६ मंसिर। नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्ड पेरिसडाँडामा अंकमाल गरेर रोएका छन्।

नेता भट्टराई प्रकाश दाहाललाई अन्तिम श्रद्धान्जली दिन गोरखादेखि काठमाडौँ आएका थिए। चुनावी कार्यक्रम स्थगित गरी काठमाडौं आएका भट्टराईले प्रकाशको पार्थिव शरीरमा श्रद्वाञ्जली अर्पण गरेपछि माओवादी कार्यालय प्रवेस गरेका थिए।

भट्टराई प्रचण्ड भए तर्फ अघि बढे। जब भट्टराई र प्रचण्डबीच भेट भयो तब दुई नेता एकअर्कालाई अंकमाल गर्दै रुन थाले।

माओवादीका वरिष्ठ नेता एवम् गोरखा २ का बाबुरामका प्रतिस्पर्धी नारायण काजी श्रेष्ठ लगाएतका नेता पनि उभिएका थिए। डा.बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेपछि आजसम्म पेरिसडाँडामा पाइला टेकेका थिएनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);