कतै नअटेका बाबुराम र प्रचण्ड सात वर्षपछि फेरी एक हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कतै नअटेका बाबुराम र प्रचण्ड सात वर्षपछि फेरी एक हुँदै

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिन्हबाट लडेको नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी र डा.बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी एकिकरण गरेर नेकपा समाजवादी राख्ने सहमति भएको छ । पार्टीको नाम परिवर्तन गर्न भट्टराईले राखेको शर्त मान्न दाहाल तयार भएसँगै पार्टी एकिकरणको कुरा अघि बढेको हो ।

पार्टी एकता प्रक्रिया अघि बढाउन शनिबार बिहान दाहाल र भट्टराईबीच वार्तालाप भएको थियो । वाम एकताकै लागि माओवादीले कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ ।

पार्टीमा दाहालले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्वमा ध्यान दिने र दोस्रो वरियतामा रहेर भट्टराईले पार्टीको काममा समय दिने समझदारी भएको छ । अब पार्टी एकता भए पुनः दाहाल र भट्टराई सात वर्षपछि एउटै पार्टीमा हुनेछन् ।

२०७२ साल असोज ९ गते माओवादी परित्याग गरी भट्टराईले नयाँ शक्ति पार्टी खोलेका थिए । संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्तिबीच २०७६बैशाख २२ गते पार्टी एकता भएको थियो । डा.भट्टराईले २०७७ मा अर्को एक पार्टीसँग एकता गरेर जनता समाजवादी पार्टी बनाए ।

त्यसमा पनि भट्टराई रहन सकेनन् । र फेरी आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी स्थापना गरे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);