निर्वाचन विरोधि गतिविधि रोक्न सेनाले स्थल तथा हवाई गस्ती गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्वाचन विरोधि गतिविधि रोक्न सेनाले स्थल तथा हवाई गस्ती गर्ने

काठमाडौं, ३ मंसिर । नेपाली सेनाले निर्वाचन विरोधि गतिविधि हुन नदिन स्थल तथा हवाई गस्ती सुरु गर्ने योजना अघि सारेको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले निर्वाचनविरोधी गतिविधि हुन नदिन नेपाली सेना सचेत रहेको प्रतिक्रिया दिएका छन् ।

देशका विभिन्न भागमा निर्वाचन अभियानलाई लक्षित गरेर बम विष्फोट लगायतका घटना बढिरहेका बेला नेपाली सेनाले त्यस्ता गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाएको हो ।

आईतबार रक्षा मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानसेनापति क्षेत्रीले बम विष्फोट लगायतका घटना हुन नदिन नेपाली सेनाले स्थल र हवाई गस्ती गरी सुरक्षाको उचित प्रबन्ध गर्ने योजना बनाएको बताए ।

नेपाली सेनालाई निर्वाचन बिथोलिने अवस्था आए त्यसलाई नियन्त्रण गर्ने अन्तिम शक्तिको रुपमा परिचालन गर्ने व्यवस्था गरिएको छ । प्रधानसेनापति क्षेत्रीले निर्वाचनमा आफूले पाएको जिम्मेवारी पूरा गर्न नेपाली सेना सचेत रहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);