राष्ट्रपतिले भारतीय स्थल सेनाध्यक्षलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

राष्ट्रपतिले भारतीय स्थल सेनाध्यक्षलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने भएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्रमको आयोजना गरी आज भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ । नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आएका हुन् । उनी प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

Leave a Reply