सेनाले सार्वजनिक गर्‍यो भारतीय सेनाध्यक्षको भ्रमण तालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सेनाले सार्वजनिक गर्‍यो भारतीय सेनाध्यक्षको भ्रमण तालिका

Nepal-army-sena-Headquater

काठमाडौं, ११ कार्तिक । नेपाली सेनाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवनेको भ्रमण तालिका सार्वजनिक गरेको छ । भारतीय सेनाध्यक्ष नरवने आगामी कात्तिक १९ देखि २१ गते अर्थात नोभेम्बर ४ देखि ६ तारेख सम्म नेपाल भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ ।

भ्रमण तालिका अनुसार उहाँई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने छ ।

तीन दिने नेपाल भ्रमणका क्रममा नरवनेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्ने कार्यक्रम तय भएको छ । नरवणेले स्वदेश फर्किने दिन कात्तिक २१ गते प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

यसअघि भारतले भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको त्यही मिति तय गरेको थियो । नेपाली सेनाले भारतीय पक्षले तय गरेको मितिलाई नै औपचारिकता दिएको हो ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);