नेकपाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नगर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेकपाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम नगर्ने

nekapa

काठमाडौं, ११ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी नेकपाले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यसवर्ष नगर्ने भएको छ ।

नेकपाले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण यस वर्ष शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

नेकपाको विज्ञप्तिमा नेपालीहरुका चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोना महामारीका कारण यस वर्ष स्थगित गरिएको उल्लेख छ ।

विज्ञप्ति मार्फत नेकपाले बडादशैं, तिहार, नेपाल सम्वत्, छठ लगायतका समस्त नेपालीहरूको चाडपर्वहरूका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);